मानवीय अवस्था चिन्ताजनक रहेकाले इजरायललाई सैन्य कारबाही रोक्न आदेश : आईसीजे

काठमाडौँ : अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे) ले इजरायललाई गाजा शहर रफाहमा मानवीय अवस्था चिन्ताजनक रहेकाले सैन्य कारबाही रोक्न आदेश दिएको उल्लेख गरेको छ।  

अदालतका अध्यक्ष नवाफ सलामले इजरायललाई शुक्रवार सैन्य कारबाही रोक्न आदेश दिएका थिए। उक्त आदेशको विभिन्न देशहरूले स्वागत गरेका छन्।

Galaxy

अदालतले इजरायललाई तथ्य पत्ता लगाउने र संयुक्त राष्ट्र संघका निकायका अन्वेषकहरूलाई नरसंहारका आरोपहरूको अनुसन्धान गर्न र सम्भावित प्रमाणहरू सुरक्षित गर्न अनुमति दिन पनि भनेको छ। 

न्यायाधीशहरूले इजरायलले एक महिना भित्र अदालतको आदेश कार्यान्वयन गर्ने गरी अदालतमा रिपोर्ट पेश गर्नुपर्ने पनि उल्लेख गरेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार