आईपीएल इतिहासमै अहिलेसम्मकै ‘झुर’ फाइनल

काठमाडौँ : एक महिनाभन्दा बढी लामो समयसम्म चलेको विश्वकै प्रतिष्ठित टी–२० लिग इन्डियन प्रिमियर लिग (आईपीएल) सकिएको छ । २२ मार्चदेखि सुरु भएको आईपीएल २६ मे (आइतबार) समापन भएको छ ।

१७ औं संस्करण रहेको यस सिजनको फाइनल खेल उत्साहजनक हुन सकेन । फाइनल खेल चेन्नईको चेपौकमा सनराइजर्स हैदरावाद र कोलकाता नाइट राइडर्सबीच भएको थियो ।

Dengue

हैदरावादलाई ८ विकेटले पराजित गर्दै कोलकाता च्याम्पियन बन्यो ।कोलकाताको यो समग्रमा तेस्रो उपाधि हो । टोलीले १० वर्षपछि उपाधि जितेको हो । पछिल्लो पटक कोलकाता सन् २०१४ मा च्याम्पियन बनेको थियो ।

टस जितेर ब्याटिङ रोजेको हैदरावाद १८.३ ओभरमा ११३ रनमा अलआउट भयो । यो आईपीएल फाइनलको सबैभन्दा कम स्कोर हो ।

कोलकाताले १०.३ ओभरमै २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । यो आईपीएल फाइनलको सबैभन्दा छिटो रन चेज हो ।

टी–२० इतिहासमै सर्वाधिक रन खडा गरेको हैदरावादको ब्याटिङ फाइनलमा भने निकै कमजोर रह्यो । हैदरावादले यसै सिजन ३ पटक २८७/३ (टी–२० मा सर्वाधिक स्कोर), २७७/३ र २६६/७ रन बनाएको थियो । तसर्थ फाइनलमा टोलीबाट यसप्रकारको स्कोरको अपेक्षा गरिएको थिएन ।

यता, कोलकाताको भने आफ्नो १० वर्ष लामो उपाधि खडेरीको अन्त्य गर्‍यो । यसअघि कोलकाताले २०१२ र २०१४ मा उपाधि जितेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार