धनगढीमा दिउँसै कोठाबाट चार्जर लगाएको मोबाइल चोरी

धनगढीः धनगढी उपमहानगरपालिका–७ नमुना टोलको एक घरमा दिउँसै चोरी भएको छ। आइतवार दिउँसो तीन बजे स्थानीय वीरेन्द्रप्रसाद भट्टराईको घरमा चोर पसेको हो।

अन्दाजी ५० वर्षको जस्तो देखिने पुरूष घर भित्र पसेको सिसिटिभी फुटेजमा देखिएको छ। भारतीय नागरिकको जस्तो हुलिया भएको व्यक्तिले घरभित्र पसेर मोबाइल चोरी गरेको भट्टराईले बताएका छन्। भुइँ तलमा भाडामा दिएको कोठामा पसेर चोरले चार्जमा लगाएको मोबाइल लगेको भट्टराईले बताए।

Seti Hospital

दिउँसोको समयमा कोठामा बस्ने व्यक्ति धारामा लुगा धोइरहेको मौका छोपेर चोरले मोबाइल लगेको भट्टराईले बताए। घरमा मानिस हुँदाहुँदै चोरले मोबाइल चोरेको हो।  घरधनी भट्टराईले सिसिटिभी क्यामेरामा देखिएको फुटेजसहित जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार