बालेनको स्टाटसमा कुनै सत्यता छैन, उनका काम कानुनसम्मत छैनन् : मन्त्री महासेठ

काठमाडौं : उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा गरिरहेको क्रियाकलाप कानुनसम्मत नभएको बताएका छन् ।

आईतवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै मन्त्री महासेठले न्युरोडमा काठमाडौं महानगरपालिकाको क्रियाकलाप कानुनसम्मत नभएको बताएका हुन् ।

Dengue

उनले रिङरोड बनाउने सम्झौता चीनसँग भएको भन्दै सरकारले पनि आन्तरिक बजेटबाट केही स्थानमा बनाउनका लागि बजेट व्यवस्थापन गरिसकेको जानकारी दिए ।

उनले न्युरोडमा भएको तोडफोडलाई सडक विभागले रोकेको बताए ।

‘न्युरोडमा अहिले जुन तोडफोड भइरहेको छ, र सडक विभागले यसलाई रोकेको छ । कलंकिदेखि महाराजगञ्जको कुरा मैले व्यक्तिगत रुपमा सुझावको रुपमा लिएको छु । सल्लाहको रुपमा लिएको छु’ उनले भने, ‘सल्लाहको लागि उहाँलाई धन्यवाद । मेरो कुनै आपत्ति छैन । यसलाई सकारात्मक रुपमा लिएको छु । त्यो बनाउनै पर्छ सरकारले । त्यसलाई मैले अन्यथा लिएको छैन । न्युरोडमा जुन क्रियाकलाप छ, त्यो कानूनसम्मत छैन ।’

उनले काठमाडौं महानगरपालिकाको मेयर बालेन साहले फेसबुक स्टाटसमा लेखेको कुरामा कुनै सत्यता नभएको पनि बताए ।

‘उहाँले स्टटसमा लेखेको कुरा सत्यता छैन । हामीले रोकेर त्यो रोकिने पनि होइन । मित्र राष्ट्र चीनसँग पूरै रिङरोड बनाउने सम्झौता भएको छ’उनले भने, ‘यद्यपी नेपाल सरकारले आफ्नो आन्तरिक बजेटबाट पनि यसपालि केही निर्माण गर्न बजेट व्यवस्थापन गरिसकेका छौँ ।’

शनिवार मेयर साहले मन्त्री महासेठलाई सम्बोधन गर्दै कलंकीदेखि महाराजगञ्जसम्म रिङरोड बिस्तारको नाममा महानगरवासीले धेरै धुलो र कष्ट व्यहोर्नुपरेको भनि लेखेका थिए ।

उनले काम अगाडि नबढाउँदासम्म पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने भन्दै सडक विभागको कार्यालय अगाडी फोहोर राखिदिएको भिडियो हालेका थिए । यसप्रति प्रतिक्रिया दिँदै मन्त्री महासेठले मेयर साहको सल्लाह, सुझावलाई सकारात्मक रुपमा लिएको बताए ।

‘हामीले सामान्य रुपमा लिएका छौँ । उहाँले सल्लाह दिइरहनुभएको छ । मुखले बोल्नु भन्दापनि उहाँले जुन धुलो फालेर गरिरहनुभएको छ, त्यसप्रति हाम्रो अहिले कुनै कमेन्ट छैन’ उनले भने, ‘चक्रपथ मित्रराष्ट्र चीनसँगको सम्झौतामा भएको हो । उहाँहरुले बनाउदिन भनेपछि नेपाल सरकारले बनाउँछौँ । हाम्रो छलफल भइरहेको छ ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार