प्रतिनिधिसभा बैठक सुरु, नाराबाजीमा उत्रियो प्रमुख प्रतिपक्षी

काठमाडौं : संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक सुरु भएको छ। बैठक मध्याह्न १२ बजे संसद् भवन नयाँबानेश्वरमा सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस नाराबाजीमा उत्रिएको छ ।

कांग्रेस सांसदहरूले वेल घेराउ गर्दै सहकारी ठगलाई कारबाही गरसहितका नाराबाजी गरेका छन् ।

Dengue

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले २०८१ साल जेठ १ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा आर्थिक वर्ष २०८१–८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।यस्तै, वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरुबाट प्राप्त संशोधनहरु प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गरिने कार्यसूची छ । त्यसपछि प्रधानमन्त्रीले छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम छ । अहिले अर्थमन्त्री वर्षमान पुन नेपाल सरकारको आगामी आर्थिक वर्षका लागि राजस्व र व्यय पेस गर्नुअघि आर्थिक सर्वेक्षण पेश गरेका छन् । 

त्यसपछि सभामुखले सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार