खाना खाएर आफ्नै घरको कोठामा सुतेका बोहरा बिहान हेर्दा मृत फेला

बझाङः बझाङमा एक पुरुष मृत फेला परेका छन्। बित्थडचिर गाउँपालिका-४ का ४५ वर्षीय रामबहादुर बोहरा आज बिहान मृत फेला परेका हुन्।

शनिवार साँझ घर परिवार सँगै खाना खाएर आफ्नै घरको कोठामा सुतेको बोहरा आज बिहान अबेर सम्म नउठेपछि कोठामा गई उठाउन खोज्दा मृत अवस्थामा फेलापरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी ब्यापक चन्द्र शाहले जानकारी दिए। घटनाको विषयमा थप अनुसन्धान भईरहेको सूचना अधिकारी शाहले बताए। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार