नहरमा डुबेर ६ वर्षीया भगको मृत्यु

बाजुराः बाजुरामा नहरमा डुबेर एक ६ वर्षीया बालिकाको मृत्यु भएको छ।

जिल्लाको गौमुल गाउँपालिका–६ स्थित गौरीबाडाका गणेश विककी ६ वर्षीया छोरी भग विकको मृत्यु भएको हो। शनिवार दिउँसो २ बजे सोही वडाको सिमधार लद्यु जलविद्युतको नहरमा नुहाउने क्रममा डुबेर मृत्यु भएको स्थानीय शेरबहादुर चदाँराले बताए।

SHIKHAR COOL TECH

मृतक विकलाई घट्मुना आधारभूत अस्पतालले थप उपचारकालागि बाहिर रफेर गरेको थियो। तर बालिकाको बाटोमै मृत्यु भएपछि दाहा सँस्कार गरिसकेको खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार