सिक्किमका कवि सिम्योन बने ‘द पोएट आइडल’

काठमाडौँ : ‘द पोएट आइडल’ सिजन २ को ग्य्राण्ड फिनालेमा सिक्किमका कवि सिम्योन सुकिता राई तीन प्रतिस्पर्धीलाई पछि पार्दै विजेता बनेका छन् ।

सिक्किमका सिमियोन सुकिता राईले ‘द पोएट आइडल सिजन २’को उपाधि जित्दै १० लाख नगदसहित पुरस्कार हात पारेका छन् । शनिबार रातीको फिनाले एपिसोडमा राईलाई विजेता घोषणा गरिएको हो । पहिलो सिजनको उपाधि पनि सिक्किमकै निलम गुरुङले जितेकी थिइन् ।

Dengue

नगद पुरस्कारबाहेक राईले एभरेस्ट फिल्म कलेजबाट १ वर्षको स्नातक अध्ययनको छात्रवृत्ति, कथालयसँग पुस्तकको सम्झौता, उत्पला क्याफेको तर्फबाट १ लाखको उपहार प्राप्त गरेका आयोजकले जनाएको छ ।

अभिनेता प्रदीप खड्काले समेत कविता वाचन गरेको फिनालेमा अभिनेता सुनिल थापा र फिल्म ‘पुजार सार्की’को टिम सहभागी थियो । 

‘पोएट आइडल’को दोस्रो सिजनमा विप्लव प्रतीक, उपेन्द्र सुब्बा, अनुप बराल र केकी अधिकारी निर्णायक थिए भने दिब्यदेव होस्ट थिए । दोस्रो सिजन सकिँदैगर्दा निर्देशक अमनप्रताप अधिकारीले अर्को सिजन डेढवर्षपछि ल्याउने जानकारी दिए । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार