फोहोरी हुँदै पुनर्वास नगरपालिका, मेयर भन्छन्- ‘अलिअलि हो’

भक्तराज जोशी

कञ्चनपुर : अव्यवस्थित फोहोरका कारण कञ्चनपुरको पुनर्वास नगरपालिका दुर्गन्धित बन्दै गएको छ । नगरपालिकाको फोहोर व्यवस्थापनमा नगरपालिकाले खासै चासो नदिँदा नगरपालिका थप दुर्गन्धित बन्दै गएको हो । हाल पुनर्वास नगरपालिकाको मुख्य व्यापारिक केन्द्र आईबीआडि थप फोहोर हुँदै गएको छ ।

अव्यवस्थित फोहोरका कारण गर्मी तथा बर्खायाम सुरु हुने बेला भएसँगै स्थानीयहरु हैजा, झाडापखाला तथा पानीजन्य रोगको संक्रमण बढ्ने चिन्तामा छन् ।

Seti Hospital

फोहोरकै कारण आईबिआरडि क्षेत्रमा हिँडडुल गर्नै समस्या भएको स्थानीयको गुनासो छ । पटकपटक फोहोर व्यवस्थापनका लागि स्थानीय तहमा खबर गर्दा पनि जनप्रतिनिधिले खासै चासो नदिएको स्थानीयहरुले बताएका छन् ।

यता नगरपालिकाका नगरप्रमुख तोय प्रसाद शर्माले भने स्थानीयले भनेजस्तो फोहोर नभएको बताएका छन् । अन्य क्षेत्रको तुलनामा आईबिआरडि क्षेत्रमा अलि बढी फोहोर भएको स्वीकारर्दै उनले त्यसको व्यवस्थापनमा नगरपालिका लागि परेको बताएका छन् ।

‘हामी निरन्तर नगरपालिकाको फोहोर व्यवस्थापनमा जुटेका छौँ । जग्गा अभावले गर्दा फोहोरको स्थायी व्यवस्थापनमा कठिनाई भएको छ’, उनले भने, ‘तर जग्गा खोजेर, फोहोरको स्थायी व्यवस्थापन गर्छौं ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार