महानगरले सडक विभाग अगाडि थुपार्‍यो फोहोर, यातायातमन्त्री महासेठलाई मेयर बालेन पठाए धुलो ‘उपहार’

काठमाडौं : काठमाडौं महानगरले बबरमहलस्थित सडक विभागको गेट अगाडि फोहोर थुपारेको छ । महानगरको टिपरले अनेत्रबाट ल्याएको फोहोर विभाग अगाडि थुपारेको हो । 

फोहोर थुपारेसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठलाई मेयर बालेन्द्र शाह (बालेन) ले धुलो उपहार पठाएको बताएका छन् । उनले सडक विभागले काठमाडौंमा सडक विस्तारको काममा ढिलासुस्ती गर्दा महानगरबासीले धुलो खानुपरेको भन्दै मन्त्रीलाई नै धुलो उपहार पठाएको बताएका छन् । 

Dengue

उनले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै लेखेका छन्, ‘यो धुलो जनताले मात्र खाँदा राम्रो देखिँदैन । जबसम्म तपाईं काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईंलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु माया सम्झेर स्वीकार्नु होला ।’ 

मेयर बालेनले विगत १५ वर्षदेखि काठमाडौंका जनताले कलंकीदेखि महाराजगञ्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट व्यहोर्नु परेको बताएका छन् । उनले भनेका छन्, ‘काठमाडौंमा हुने आधाभन्दा बढी प्रदूषणमा त्यहाँ कै धुलोको हात छ, जसले गर्दा महानगरवासीले धुलोधुँवा खानु परेको छ, त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारी साधन मर्मतमा खर्च बढी गर्नु परेको छ, पुग्न अबेला भोग्नु परेको छ । र, काठमाडौँ महानगरले अकारणमा गाली खानु परेको छ ।’ 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार