महेन्द्रनगर : कञ्चनपुरका एक बालिकामाथि जबर्जस्ती करणीमा वृद्ध पक्राउ परेका छन्। १२ वर्षीया बालिका जबर्जस्ती करणी आरोपमा बेलौरी नगरपालिका ५ भकुण्डाका ६१ वर्षीया रामज्ञान चौधरी पक्राउ पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेश जोशीले वृद्ध विरुद्ध प्रहरीमा उजुरी परेपछि बेलौरीबाट चौधरीलाई पक्राउ गरिएको बताए। यस सम्बनधमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्