दैजी–जोगबुढा सडक निर्माणको काम अलपत्र

काठमाडौं : महेन्द्रनगर र डडेल्धुराको भित्रिमधेश जोड्ने दैजी जोगबुढा सडक निमार्णको काम अलपत्र परेको छ । २०७४ बैशाख आठमा तीन वर्षभित्र निमार्ण सम्पन्न गर्नेगरि नार्गाजुन कन्स्ट्रक्सन संग रु २१ करोड २६ लाख ५३ हजारमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता भर्एको सात वर्षबित्दा सडकको नौ किलोमिटर सडक खण्डमात्रै कालोपत्रे भएको छ । हालसम्म सडक निमार्णका लागि चार पटक म्याद थप हुँदा समेत निमार्णले पूर्णता पाउन सकेको छैन ।  

कञ्चनपुरबाट डडेल्धुरालगायत सुदूरपश्चिमका पहाडी जिल्ला जान दूरीका हिसाबले नजिक पर्ने उक्त सडक निमार्ण नहुँदा यहाँका स्थानीयले सास्ती खेप्नु परेको छ । उक्त सडक निमार्ण नहुँदा डडेल्धुराको भित्रिमधेशका स्थानीयले धनगढीको अत्तरिया भएर घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । “डडेल्धुरा र कञ्चनपुर जोड्ने यो छोटो दुरीको सडक नबन्दा हामीले घुमाउरो बाटो भएर आवतजावत गर्नुपर्ने बाध्यता छ ।” डडेल्धुराको जोगबुढाका राम वहादुर बुढामगरले भने–“यो सडक निमार्ण नहुँदा हामीले धेरै दुःख खेप्नुपरेको छ ।” उनँले सडक नहुँदा जोगबुढा र परशुराम क्षेत्रको उत्पादन बिक्रिका लागि पनि समस्या हुने गरेको बताए । “सडक भइदिएको भए यहाँ उत्पादन भएका दाल तरकारी महेन्द्रनगर बजार बिक्रि गर्न सहज हुन्थ्यो ।” उनले भने–“सडक निमार्ण भइदिए यहाँ धेरैले रोजगार पाउने थिए ।”

Dengue

सडक निर्माणमा सरोकारवाला निकायले चासो नदेखाउँदा चुरे पहाडमा सडक किनारामा निमार्ण गरिएका नाली समेत पुरिन लागेको स्थानीय नरेश जोशीले बताए । “बनेका पर्खाल र नाली समेत जीर्ण हुदै गएका छ ।” जोशीले भने–“वर्षातमा हरेक वर्ष सडमा क्षति हुने गरेको छ ।”  डडेल्धुराको आधा जनसंख्या भएको भित्री मधेसलाई कञ्चनपुरसँग यो छोटो दुरीको सडक भीमदत्त राजमार्गको विकल्पको रुपमा समेत रहेको छ । पूर्वाधार विकास कार्यालय कञ्चनपुरले भने सडक निमार्णमा ढिलाइ भएको जनाएको छ ।

कार्यालयका सुचना अधिकारी आन सिंह डागाँले तीन वर्षमा सम्पन्न गरिसक्नुपर्ने सडक हालसम्म पनि पुरा नभएको बताए । “हरेक वर्ष वर्षतमा बाढीले क्षति गर्ने गरेको छ यसका कारणले पनि समस्या भएको छ ।” उनले भने–“हालसम्म चार पटक म्याद थप भइसकेको छ अहिले पनि म्याद थपको प्रक्रिायमा छ ।” उनका अनुसार निमार्ण व्यवसायिले रु १८ करोड ३६ लाख रकम भुक्तानी पाइसकेको छ ।   

कञ्चनपुरको महेन्द्रनगर, अत्तरिया हुँदै डडेल्धुरा पुग्न एक सय ६५ किलोमिटर दूरी पार गर्नुपर्छ भने महेन्द्रनगरबाट दैजी–जोगबुढा हुँदै त्यहाँ ६५ किलोमिटर पार गरेपछि पुगिन्छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार