घोषणापत्र जारी गर्दै सुदूरपश्चिम पत्रकार महासघकाे तेश्राे अधिवेशन सम्पन्न

धनगढी : नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेशको तेश्राे अधिवेशन तथा चौथो साधारण सभा ५ बुदे घोषणा पत्र जारी गरी सम्पन्न भएको छ । शुक्रबार धनगढीमा शुरु भएकाे सभाले ५ बुदे घोषणपत्र जारी गरि सम्पन्न भएको हो ।

सभाबाट महासचिब रामसिह ठगुन्ना द्धारा सागठनिक प्रतिबेदन र कोषाध्यक्ष राम धामी द्धारा प्रस्तुत आर्थिक प्रतिबेदन सर्बसम्मत रुपमा पारित गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले आमसंचार ऐन बर्षे सभामै पारित गरि प्रदेश भित्र मिडियाको ब्यबस्थापन सहयोगमा काम अघि बढाउन माग गरेको जारी घोषणा पत्रमा उल्लेख गरिएको छ ।

Dengue

नेपाल पत्रकार महासंघ केन्द्रीय समितीले निर्बाचनमा कार्यतालिका लागु हुने बेला भैसक्दा पनि सदस्यताको अन्तिम रुप नदिई शाखाका अबिधेशन गर्न नसकिने र शाखाले शुद्धिकरण र नबकिरण गरी सर्बसमत प्रदेशमार्फत पठाएका सदस्यतालाई अन्तिम रुप दिई जेठ १३ गते भित्र नाम सार्बजनिक गर्नु पर्ने जिल्ला शाखाको मागलाई साधारण सभाले समर्थन गर्ने पनि भनिएको छ ।

त्यस्तै प्रदेशका सबै संचार माध्यमलाई जनशक्ति र समाचार सामाग्रीका हिसावले समाबेशी बनाउन र श्रमिकलाई न्युनतम पारिश्रमिक उपलब्ध गराउन आग्रह गरिएको महासचिव रामसिह ठगुन्नाले बताए । एक ब्यक्ति बिभिन्न पेशामा संलग्न भई कार्य गर्दा पहिचानको चुनौती रहेकाले ब्यबसायिक मर्यादामा रही संचार कर्म गर्न सबै पत्रकारलाई आग्रह गरिएको समेत उनले बताए ।

May be an image of 5 people

यसअघि मुख्यमन्त्री दीर्घ साेडारीले उद्घाटन गरेकाे अधिवेशनमा पूर्व मुख्यमन्त्री राजेन्द रावल, प्रदेशसभा सदस्य शिबसिं ओली लगायतका नेताले शुभकामना ब्यक्त गरेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार