बझाङको बित्थडचिर गाउँपालिकाको नब निर्मित भवनको काम अन्तिम चरणमा

भक्तराज जोशी

बझाङ : बझाङको बित्थडचिर गाउँपालिकाको नब निर्मित प्रमुख प्रशासकीय भवनको काम अन्तिम चरणमा पुगेको छ । लामो समय पुरानो र साधँुरो भवनबाट सेवा प्रवाह गर्दा उत्कृष्ट सेवा प्रवाह गर्न नसकिएको र अब सुविधा सम्पन्न भवन निर्माण भएपछि पहिलेको भन्दा सहज हुने प्रमुख प्रशासकीय अधिकृत रमेश बहादुर बिष्टले बताए।

उनले भने’ नब निर्मित भवनको अहिले फिनिसिङ गर्ने कार्य भइरहेको र अब केही दिनमै नया भवन बाट सेवा प्रवाह हुनेछ । उक्त भवनको लागत ८ करोडमा ठेक्का भइ ६ करोडमा निर्माण भएको गाउँपालिका अध्यक्ष अम्मर सिंह महरले जानकारी दिनु भयो । भवन निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले समयमै गाउँपालिकाको भवन निमार्णको काम सकेको अध्यक्ष महरले बताउनु भयो ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार