सावधान ! लु लागेर ज्यान पनि जान सक्छ

काठमाडौँ : अहिले पूर्वी तथा पश्चिमी मधेस भीषण गर्मीको संकटमा छ । ४० डिग्री सेन्टिग्रेडसम्म उच्च तापक्रम पुगेको छ । भीषण गर्मीको संकटबाट मानिस मात्र होइन, पशुपन्छी तथा बोटविरुवा पनि प्रभावित बनेको छ । मौसमविद्हरूले यस पटक गर्मी उच्च रहने अनुमान गरेका छन् ।

स्वास्थ्य मन्त्रालयले पनि उच्त गर्मीको संकटबाट बच्न आग्रह गरेको छ । स्वास्थ्यविद्हरूका अनुसार भीषण गर्मी अर्थात् लुबाट मानिसको मृत्यु पनि हुन सक्छ । बच्चा र वृद्धलाई लु लाग्न सक्ने खतरा धेरै रहन्छ ।

Seti Hospital

त्यसैले लु लागेको छ भने यसलाई नजरअन्दाज गर्नु हुँदैन । विज्ञका अनुसार अधिक गर्मीबाट मानिसको शरीरको सामान्य तापक्रम ६ डिग्रीसम्म बढ्न सक्छ । जसले शरीरभित्र रक्त आपूर्तिमा असर गर्छ । यदि यस्तो भयो भने मासिन बेहोस हुन सक्छ । यदि समयमा उपचार भएन भने त्यस्ता मानिसको मृत्यु पनि हुन सक्छ ।

के हो लु?

नियमित भन्दा ६ डिग्री सेन्टिग्रेड तापक्रम लगातार पाँच दिनभन्दा बढी रह्यो भने लु लाग्ने (लेकमा अक्सिजनको कमीले लेक लागे जस्तै अत्याधिक गर्मीले लु लाग्छ) सम्भावना हुन्छ । लु लागेर मानिसको तत्कालै मृत्यु हुने सम्भावना पनि हुन्छ । मधेशका जिल्लामा गर्मी बढेसँगै स्वास्थ्यमा हुने एउटा प्रतिकूल अवस्थालाई नै ‘लु’ अर्थात हिटवेभ लाग्नु भनिन्छ । अत्यधिक गर्मी हुने स्थानमा गर्मी मौसममा तातो हावा चलेको हुन्छ । यस्तो समयमा मानिस हिँड्दा, काम गर्दा, खेल्दा तातो हावा तथा घामको असरले मूच्र्छा पर्ने वा बेहोस हुन्छ ।

जब कुनै खास स्थानको तापक्रम सामान्यभन्दा ६ डिग्री वा यसभन्दा बढी हुन्छ भने त्यहाँ गर्मी धेरै बढ्छ । तापक्रम बढ्दा तातो हावा पनि चल्न थाल्छ । मधेशका जिल्लाहरूमा अहिले यस्तै अवस्था छ । त्यसैले यस्तो स्थितिलाई लु अर्थात् हिटवेभ भनिन्छ । मौसम विभागका अनुसार मधेश क्षेत्रमा ४० डिग्री वा यसभन्दा बढीको तापक्रम हिटवेभ हो ।

कसरी लाग्छ?

अत्यधिक गर्मी हुने स्थानमा गर्मी मौसममा तातो हावा चल्छ । यस्तो समयमा मानिस हिँड्दा, काम गर्दा, खेल्दा तातो हावा तथा घामको असरले बेहोस हुने हुन्छ ।

लु लागेमा शरीरमा तापक्रमको सन्तुलन बिग्रिन्छ । तातो हावाबाट श्वासप्रश्वासमा असर पर्ने, रक्तचाप कम हुने, शरीरबाट पसिना ननिस्कने, टाउको अत्यधिक दुख्ने, चक्कर लाग्ने, अचेत हुने, शरीरको तापक्रम १०४ डिग्री फरेनहाइट भन्दा बढी हुनाका साथै छाला सुक्खा, रातो र तातो हुने गर्छ ।

लु खतरनाक किन ?

लुको सम्पर्कमा आउनु नै खतरनाक हो । यसले मानिसको ज्यान पनि लिन सक्छ । शरीरको तापक्रम बढ्दा रगत बाक्लो हुन थाल्छ भने रक्तचाप पनि कम हुन्छ । जसका कारण मस्तिष्कसम्म रक्त आपूर्ति हुन सक्दैन । यस्तो अवस्थामा छिटो र समयमा उपचार भएन भने त्यस्ता मानिसको मृत्यु पनि हुन सक्छ ।

लुबाट वृद्ध, गर्भवती महिला र बच्चाहरू छिटो र धेरै प्रभावित हुन्छन् । यदि कोही मधुमेह, रक्तचाप वा मुटु रोगी छ भने उनीहरूलाई लु लाग्नु धेरै नै खतरनाक हो ।

यसबाट कसरी बच्ने?

बाहिर निस्कनै परे पातलो कपडाले टाउको छोप्ने वा छाता ओढ्ने, फलफूलको रस वा पानी पिउने, धेरै पसिना आएमा कहिलेकाहीँ जीवनजल पिउने, चिसो पानीले नुहाउने, खेतबारीमा कामकाज सकभर बिहान वा बेलुका गर्ने, चिनीको मात्रा बढी भएको झोल पदार्थ बढी नपिउने, चिया, कफी, सोडाजस्ता पेयपदार्थ नपिउने गर्नुपर्छ ।

यसका साथै शरीरको तापक्रमलाई सामान्य बनाउन समय समयमा स्वच्छ र चिसो पानी पिउनु पर्छ । पानीको मात्रा बढी हुने फलहरू जस्तो खरबुज, काँक्रा आदिको सेवन गर्नुपर्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार