विश्वकप अघिको अभ्यास खेलमा नेपाल ६ रनले विजयी

काठमाडौँ : नेपालले अभ्यास खेलमा ह्युस्टन हुरीकेन्सलाई पराजित गरेको छ। शुक्रबार राति सम्पन्न खेलमा नेपाल ६ रनले विजयी भएको हो ।

नेपालले दिएको १४७ रनको लक्ष्य पछ्याएको हुरीकेन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४० रन मात्रै बनाउन सक्यो ।

Dengue

हुरीकेन्सका लाहिरु मिलन्थाले सर्वाधिक ३३ रन बनाए । अली शेख २३, स्मित पटेल १९ र आकर्षित गोमेल १८ रनमा आउट भए । नेपालका सोमपाल कामी र करण केसीले २/२ विकेट लिए । रोहितकुमार पौडेल, अविनाश बोहरा, सागर ढकाल र कुशल भुर्तेलको नाममा १/१ विकेट रह्यो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४६ रन बनाएको थियो । नेपालका अनिलकुमार साहले सर्वाधिक ४७ रन बनाए । कप्तान रोहितकुमार पौडेल २३, गुल्शनकुमार झा २० र सन्दीप जोरा २१ रनमा आउट हुँदा करण केसी १० रनमा अविजित रहे ।

होरिकेन्सँग नेपालले अर्को खेल शनिबार राति खेल्नेछ । विश्वकप अगाडिको अभ्यास खेलका रुपमा नेपालले दुई खेल खेल्न लागेको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार