सेक्युरिटी प्रेस प्रकरणका दोषी घरमै मृत, कसैलाई मुछ्नु पर्दैन : सुसाइड नोट

काठमाडौँ : सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा दोषी ठहर भएका एक जना इन्जिनियर घरमै मृत फेला परेका छन्। प्रहरी वृत्त थिमिका अनुसार सिनियर डिभिजनल इन्जिनियर नवीनकुमार पोखरेल बिहीवार विहान झुण्डिएको अवस्थामा भेटिएका हुन् । 

उनलाई उपचारका लागि अस्पतालमा लगिएकामा ११ बजेतिर चिकित्सकले मृत घोषणा गरेका थिमिका प्रहरी नायव उपरीक्षक प्रेमसागर केसीले जानकार दिए। 

Dengue

उनको घरमा सुसाइड नोटसमेत फेला परेकाले आत्महत्या गरेको अनुमान गरिएको छ। प्रहरी स्रोतका अनुसार, उनले छाडेको सुसाइड नोटमा आफ्नो मृत्युमा कसैको हात छैन, अरुलाई दोष लगाउनु पर्दैन भनेर उल्लेख भएको छ। पोखरेल अख्तियारले मुद्दा हाल्दा वन तथा वातावरण मन्त्रालयका उपसचिव थिए।

विशेष अदालतले जेठ दोसो साता सुरक्षण मुद्रणका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहित इन्जिनियर पोखरेल, इञ्जिनियरिङ मार्केटिङ कन्सर्नका प्रबन्ध निर्देशक रोहितमान प्रधान र मेपटेक बिल्डिङ सर्भिसेसका निर्देशक भुवन महर्जनलाई दोषी ठहर गरेको थियो। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार