प्रधानमन्त्रीको आह्वानमा बालुवाटारमा शीर्ष नेताको बैठक

काठमाडौँ :  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा प्रमुख दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा शुरू भएको छ ।

संसद्‌मा देखिएको गतिरोध अन्त्य गर्न प्रधानमन्त्रीले सत्तापक्ष, प्रमुख प्रतिपक्षसहितका शीर्ष नेतासँग छलफल गर्न शुक्रबार साँझ बैठक बोलाएको हुन् ।

Dengue

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा प्रमुख दलका शीर्ष नेताहरू सहभागी छन् ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेताहरू कृष्ण सिटौला, गगन थापा, रमेश लेखक, हितराज पाण्डेलगायतका नेताहरू सहभागी छन् ।

सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय समिति गठनको विषय पेचिलो बन्दै जाँदै संसद् बैठक नै प्रभावित भएको छ ।

संसद् प्रभावित हुँदा सरकारको नीति कार्यक्रम र बजेट पनि प्रभावित हुने देखिएको छ ।

यसैले समिति गठनमा कार्यदलले गरिरहेको होमवर्क, संसद्को गतिरोध अन्त्यसहितका विषयमा छलफल गर्न प्रधानमन्त्रीले शीर्ष नेतालाई बालुवाटार बोलाएका हुन् ।

समिति गठनको गाँठो नफुक्दा शुक्रबार पनि प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसद् बैठक अवरुद्ध गरेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार