शिवशिखर र तुलसी सहकारी सञ्चालक शर्माबाट ३३ अर्ब अपचलन 

काठमाडौँ : शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था र तुलसी बहुमुखी सहकारी संस्थाका सञ्चालक दम्पत्ति केदारनाथ शर्मा र गीता शर्माले ३२ अर्ब ९० करोड अपचलन गरेको अनुसन्धानबाट खुलेको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले शुक्रबार जिल्ला सरकारी वकिल कार्यालय भक्तपुरमा पेश गर्न तयार गरेको रायसहितको प्रतिवेदनमा सञ्चालक शर्माले ३२ अर्ब ९० करोड ५२ लाख ५२ हजार २९१ रुपैयाँ बिगो दावी गर्दै ठगीमा मुद्दा चलाउन सिफारिस गरेको हो।

Seti Hospital

भक्तपुर जिल्ला न्यायाधीवक्ता श्यामप्रसाद दाहालले प्रतिवेदन आउने क्रममा रहेको जानकारी दिए। ऐन संशोधनले विभागले सरकारी वकिल कार्यालयमार्फत अभियोजन गर्नुपर्ने व्यवस्था गरेको छ। त्यसैको आधारमा विभागले मुद्दा चलाउन सिफारिस गर्दै अनुसन्धानको मिसिल जिल्ला पठाउन लागेको हो।

शर्मा दम्पत्तिका करिब ५० कम्पनीमा घरजग्गा, सम्पत्ति, बैंक मौज्दात, अन्तिम मौज्दातलगायत चलअचल सम्पत्तिको कुल रकम नौ अर्ब ५६ करोड २६ लाख २९ हजार ६६१ रुपैयाँ पुगेको छ।

त्यस्तै शर्मा दम्पत्तिका नाममा मात्र कुल एक अर्ब ६२ करोड ८० लाख रुपैयाँ देखिएको छ। दुवै गरेर कुल ११ अर्ब १९ करोड ६ लाख २९ हजार ६६१ रुपैयाँको एकीकरण भएको देखिन्छ। उक्त रकम सम्पत्ति शुद्धीकरण भएको ठहर गर्दै विभागले मुद्दाको प्रतिवेदन तयार गरेको छ।

गैरकानुनी स्रोतबाट आर्जित सम्पत्ति शुद्धीकरण गरेको आरोपमा विभागले शर्मा दम्पत्तिविरुद्ध कुल ३२ अर्ब ९० करोड ५२ लाख ५२ हजार २९१ रुपैयाँ बिगो मागदावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ।

त्यसमध्ये केदारनाथलाई मुख्य कसुरदार ठहर गरेर २२ अर्ब ८१ करोड ९२ लाख ९० हजार ४१५ रुपैयाँ बिगो कायम गरिएको छ। सम्पत्ति शुद्दीकरण कानुनबमोजिम उक्त बिगोको दोब्बर जरिवाना र कसुरको मात्रा हेरी दुईदेखि १५ वर्षको कैद तथा थप १० प्रतिशत सजाय र सुद्धीकरण गरिएको बिगो जफतको मागदावी विभागले गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार