एमालेले रविलाई थेग्‍नुको कारण गिरीबन्धुमा साथ पाएर हो : विश्वप्रकाश

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी प्रकरणमा एमालेले साथ दिएको र गिरीबन्धु टी-स्टेट प्रकरणमा रास्वपाले एमालेलाई साथ दिएको बताएका छन्।  उनले सहकारी ठगी प्रकरणमा गृहमन्त्रीको रवि लामिछानेको नाम नराखी समिति बनाउनुको अर्थ नभएको पनि बताए।

शुक्रबार प्रतिनिधिसभा बैठक स्थगित भएपछि उनले गृहमन्त्रीले संसदमा नेपाली कांग्रेसका सदस्यलाई लगाएको सम्पूर्ण आरोपमा छानविन गर्ने आफूहरू तयार भएको बताए। उनले मिडिया हाउसका सञ्चालनको नागरिकताको विषयमा उठेको विषयमा सहयोग गर्न तयार छु भन्दा भन्दै समातेको भन्दै गिरफ्तार गर्ने निकायमा दुईवटा पासपोर्टको कारण आरोपी व्यक्ति रहेको भन्दै गृहमन्त्रीतर्फ संकेत गरे।

Seti Hospital

उनले महान्यायाधिवक्ताको कार्यालयले गृहमन्त्रीले छानविन गर्नु नपर्ने भनेको भन्दै महान्यायाधिवक्ताको कार्यालय भनेको रास्वपाको भ्रातृ संस्था हो? गृह मन्त्रालयको शाखा हो? भन्दै प्रश्नसमेत गरे।

‘महान्यायाधिवक्ताको कार्यालयले कहिले पासपोर्ट प्रकरणमा छानविन गर्नु पर्दैन भनेको छ। कहिले सहकारीको ठगीमा संलग्न हुनुहुन्न भनेको छ। त्यो संवैधानिक इजलास हो? ‘ उनले आक्रोश पोखे।

उनले गिरीबन्धु प्रकरणमा एमाले अध्यक्ष ओलीले कांग्रेसमाथि आरोप लगाएको भन्दै त्यसमाथि छानविन समिति बनाउन आफूहरू तयार रहेको बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Ban karyalaya

समबन्धित समाचार