आईपीएलको फाइनल प्रवेशका लागि राजस्थान र हैदरावाद भिड्दै

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनल प्रवेशका लागि आज राजस्थान रोयल्य र सनराइजर्ज हैदराबाट आमनसामने हुँदैछन्।

खेल नेपाली समय अनुसार पौने ८ बजे चेन्नइमा हुनेछ। राजस्थाले एलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंग्लुरुलाई पराजित गर्दै दास्रो क्वालिफायरमा प्रवेश गरेको हो। हैदराबाद भने पहिलो क्वालिफायरमा कोलकाता नाइट राइडर्ससँग पराजित भएको थियो। पहिलो क्वालिफायरको विजेता कोलकाता भने फाइनलमा पुगिसकेको छ।

Dengue

आईपीएलमा राजस्थान र हैदरावादबीच हालसम्म १९ म्याच भएको छ। जसमा हैदराबादले १० खेल जित्दा राजस्थानले भने ९ खेलमा जित निकालेको छ।

आजको विजेताले आइतबार कोलकत्ता नाइट राइडर्ससँग उपाधिका लागी प्रतिस्पर्धा गर्ने छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार