एक खेलअगावै अमेरिकाले जित्यो बंगलादेशसँगको शृंखला

काठमाडौं : घरेलु टोली अमेरिकाले बंगलादेशसँगको ३ खेलको टी-२० आई शृंखला जितेको छ। अमेरिका एक खेलअगावै तीन खेलको शृंखला जितेको हो ।

बिहीबार राति सम्पन्न दोस्रो खेलमा बंगलादेशलाई ५ रनले पराजित गर्दै अमेरिकाले २-० ले शृंखला जितेको हो । मंगलबार सम्पन्न पहिलो खेलमा अमेरिका ५ विकेटले वियजी भएको थियो ।

Dengue

अमेरिकाले दिएको १४४ रनको लक्ष्य पछ्याएको बंगलादेशले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १३८ रन मात्रै बनाउन सक्यो ।

अन्तिम खेल शनिबार हुनेछ । बंगलादेश आउँदो टी-२० विश्वकपमा नेपाल सम्मिलित समूहमा छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार