मेडिकल व्यवसायी दुर्गा प्रसाईंको भान्जा दाबी गर्ने रविरत्न चुँडाल बलात्कार आरोपमा पक्राउ

काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईंको भाञ्जा दाबी गर्ने रविरत्न चुँडाललाई प्रहरीले  पक्राउ गरेको छ । ५२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा चुँडाललाई प्रहरीले काठमाडौँको सुकेधाराबाट पक्राउ गरेको हो ।

उनीविरुद्ध प्रहरी वृत महाराजगञ्जमा बलात्कार कसुरमा जाहेरी दर्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले  बताए ।

Dengue

युट्युबमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंको भाञ्जा दाबी गर्दै आएका  चुडाल जाहेरी दर्तापछि पनि लामो समयसम्म  पक्राउ परेका थिएनन् ।

उनले  सुकेधारामा पसल संचालन गर्दे आएका थिए ।  उनलाई बुधबार  पसलबाटै पक्राउ गरिएको हो ।जाहेरी दिने  महिलाको भनाइ अनुसार २०७३ साल असार १८ गतेदेखि चुडाल उनको घरमा भाडा लिएर बस्दै आएका छन् ।

चुडाल यसअघि ड्रग्स र रक्तचन्दनको केसमा केही समय जेल पनि परेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार