गृहमन्त्री रवि लामिछानेविरुद्ध तरुण दलले निकाल्यो राँके जुलुस

काठमाडौं : नेपाली कांग्रेसकव भ्रातृ संस्था नेपाल तरुण दलले काठमाडौंको कोटेश्वरमा राँके जुलुस प्रदर्शन गरेको छ । नेपाल तरुण दलले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै बिहीबार कोटेश्वर चोकमा मशाल जुलुससहित प्रदर्शन गरेको हो ।

तरुण दलका नेता-कार्यकर्ताहरूले कोटेश्वरको महादेवस्थान गेटबाट मशाल जुलुस निकाल्दै मुख्य सडकमा अवरोध समेत गरेका थिए। सहकारी प्रकरण र सरकारको रवैयाका विरुद्ध राँके जुलुस प्रदर्शन गरिएको तरुण दलका केन्द्रीय सदस्य सुशील बुढाथोकीले जानकारी दिए ।

Dengue

राँके जुलुस  कोटेश्वर चोकमा पुगेर सभामा परिणत भएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार