सीता एयरले ठक्कर दिँदा आफ्नै कर्मचारी घाइते

सुर्खेत :  मुगुस्थित रारा विमानस्थलमा चालू अवस्थामा रहेको विमानले ठक्कर दिँदा विमानकै कर्मचारी घाइते भएका छन्।

बिहिवार नेपालगन्जका लागि यात्रुहरू राखेर उड्ने तयारिमा रहेको सीता एयरको टुइनेटर विमानको अघिल्लो भागले ठक्कर दिँदा सोही विमानका मुगु स्टेशन प्रमुख धिरेन्द्र भाम सक्त घाइते भएका हुन्।

Seti Hospital

भाम विमानका चालकहरुलाई विमान उडान संकेत गरिरहेका बेला चालकहरूले बोलाएपछि विमान तर्फ जाँदै गर्दा विमान गुड्न शुरु गरेर विमानको अघिल्लो भागले ठक्कर दिँदा घाइते भएको प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी दिए।

घाइते भइ अचेत अवस्थामा रहेका भामलाई सीता एयरकै विमानमार्फत् उपचारका लागि नेपालगन्ज लगिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार