सुदूरपश्चिमका ७५ प्रतिशत नागरिक गुणस्तर खानेपानीको पहुँच बाहिर

कैलाली : सुदूरपश्चिम प्रदेशमा अझै पनि ७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँचमा पुग्न सकेका छैनन । खानेपानी आयोजनाद्वारा निर्मित ‘फिल्टर’ जडानसहितको पाइपलाइनबाट वितरित उच्च गुणस्तरको खानेपानीको पहुँचमा २५ प्रतिशत नागरिक मात्रै रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय कैलालीले जनाएको छ ।

कार्यालयका प्रमुख गणेशप्रसाद उपाध्यायले झन्डै ४० प्रतिशत नागरिकले पाइपलाइनबाट वितरित फिल्टर जडान नभएको खानेपानी र हेन्डपम्पको खानेपानी उपभोग गरिरहेको बताउनुभयो । भौगोलिक रुपमा विकट पहाडी भेगमा उच्च गुणस्तरको खानेपानीको समस्या बढी देखिएको छ ।

Dengue

तराई भेगका धेरैजसो बस्तीमा पनि यस्तो पानीको व्यवस्था हुन सकेको छैन । जलवायु परिवर्तनको असरले पहाडी क्षेत्रमा खानेपानीका मूल सुक्दै जाने, बाढी पहिराले पुरिनेजस्ता समस्या पनि बढ्दै गएको छ । तराई क्षेत्रका अधिकांश ग्रामीण बस्तीका नागरिकले हेन्डपम्पको पानी उपभोग गर्ने गरेका छन ।

चार दशकअघिसम्म भूमिगतको पानी निकालेर खानेपानीको व्यवस्थापन गर्न गाउँगाउँमा खनिएका कुवा, इनार भने अहिले बन्द भइसकेका छन् । कुवाको विकल्पमा हेन्डपम्प जडान गर्ने गरिएको छ । पछिल्ला वर्षमा ग्रामीण क्षेत्रमा पनि खानेपानीका योजनाहरु निर्माणका क्रम बढेको भए पनि पर्याप्त बजेटको अभावमा यी योजनाको भौतिक प्रगति सुस्त छ ।

अहिले कैलाली र कञ्चनपुर जिल्लामा मात्रै सङ्घीय सरकारका एक सय आठ र प्रदेश सरकारका ६९ वटा खानेपानी आयोजना निर्माणाधीन छन् । कतिपय क्षेत्रको पानीमा चुनाको समस्या र आर्सेनिक तत्वको समस्या देखिने गरेको छ । भूमिगतको पानीमा आइरनको मात्रा बढी हुने गरेकाले यस्तो पानी परीक्षण गरेर मात्र पिउनुपर्ने सम्बन्धित विज्ञको भनाइ छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार