एसिया कप महिला क्रिकेटका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौं : एसीसी महिला एसिया कपका लागि नेपाल क्रिकेट संघ (क्यान)ले प्रारम्भिक टोली घोषणा गरेको छ।

बिहीबार क्यानले इन्दु बर्माको कप्तानीमा राष्ट्रिय बन्द प्रशिक्षणका लागि २८ सदस्यीय टोली घोषणा गरेको हो।

Dengue

श्रीलंकामा हुने प्रतियोगिताको समूह ‘ए’मा नेपालसहित पाकिस्तान, भारत र यूएई छन्। मलेसिया, थाइल्याण्ड, श्रीलंका र बंगलादेश भने समूह ‘बी’मा रहेका छन्।जुलाईं १९ देखि २८ सम्म हुने २०२४ महिला टी–२० एसिया कपमा नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्नेछ।

नेपालले जुलाईंमा २१ यूएई र जुलाईंमा २३ भारतसँग प्रतिस्पर्धा गर्नेछ। हरेक समूहको शीर्ष-२ टोलीले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन्। फाइनल भने २८ जुलाईंमा हुनेछ।

नेपाली टोली-

इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सीता राना मगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजोल श्रेष्ठ, पुजा महतो, डली भट्ट, विन्दु रावल, रोमा थापा, ममता चौधरी, कृतिका मरासिनी, राजमती ऐरी, सबनम राई, रुबी पोदार, खुसी डंगोल, खुसी डंगोल, लक्ष्मी साउद, अलिशा खडिया, अप्सरी बेगम, करुणा भण्डारी, अश्मिना कर्मचार्य, संगीता राई, आरती महतो, सावित्री धामी, योशदा विष्ट, सोनी पाख्रीन र हेलिशा गुरुङ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार