सन्दीपलाई भिसाका लागि ज्ञानेन्द्र शाही र पारसले भेटे गृह र खेलकुद मन्त्री

काठमाडौं : नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई अमेरिकाको भिसाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाही र नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले विभिन्न मन्त्रीलाई भेटेका छन् ।

टी-२० विश्वकप क्रिकेट खेल्न तयार रहेका सन्दीपलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेपछि पहल गरिदिन माग गर्दै राप्रपा प्रमुख सचेतक शाहीले क्यान सचिव खडका साथमा लिएर विभिन्न मन्त्रीलाई भेटेका हुन् ।

Dengue

उनीहरू दुवैजनाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र खेलकुदमन्त्री विराजभक्त श्रेष्ठसँग भेटेर छलफल गरेका छन् ।

शाहीका अनुसार यसबारेमा प्रधानमन्त्रीको सचिवालयलाई पनि टेलिफोन गरेर भिसाका लागि पहल गर्न आग्रह गरिएको बताएका छन् ।

सन्दीपलाई बुधवार अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको थियो । उक्त कुराको पुष्टि सन्दीप आफैंले सामाजिक सञ्जालबाट गरेका थिए ।

सन् २०१९ मा अमेरिकाले भिसा दिन अस्वीकार गर्दा सन्दीपले सामाजिक सञ्जालमा लेखेपछि दूतावासले बोलाएर दिएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार