सन्दीप लामिछाने जोडिने भएपछि टिमको आत्मविश्वास बढेको छः पारस खड्का

काठमाडौँ : नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा लेग स्पिनर सन्दीप लामिछाने जोडिने भएपछि टिममा आत्मविश्वास बढेको बताएका छन् ।

विश्वकपको तयारीबारे न्युज एजेन्सी नेपालले गरेको कुराकानीमा पूर्वकप्तानसमेत रहेका खड्काले नेपाली टिममा सन्दीप जोडिने भएपछि आत्मविश्वास बढेको बताएका हुन् । पछिल्लो समय सन्दीपको कमी भएको र मुद्दाको टुंगो लागेकाले टोलीमा जोडिँदा खेलाडीमा आत्मविश्वास बढेको उनको भनाइ छ ।

Dengue

‘सन्दीपको प्रदर्शन त प्रस्टै छ । यो विश्वकपसम्म पुग्दा पनि सन्दीप ‘की’ प्लेयर हुन् । अदालतको फैसलापछि खेल्न पाउने कुराले टिमलाई स्वाभाविक रूपमा बल मिल्छ, ‘उनले भने, ‘सन्दीप खेल्ने कुराले सबै उत्साहित छन् ।’ सन्दीपलाई कुन खेलाडीको स्थानमा राख्ने भन्ने जिम्मेवारी टिम सेलेक्टरमा नै छाडिएको खड्काले बताए ।

सचिव खड्काले विश्वकप क्रिकेटका लागि क्यानले गर्न सक्ने जति गरेर नै नेपाली टोली विश्वकप यात्रामा होमिएको बताए । खड्काले विश्वकपअगाडि नेपालले म्याच एक्सपोजर र अन्य आवश्यक सुविधाका विषयमा क्यानले राम्रो तयारी गरेको बताए ।

उनले विश्वकप अगाडि ४० देखि ५० वटा टी-२० विश्वकप खेल्नुपर्छ भन्ने उद्देश्यअनुरूप नै नेपाली टोलीले क्रिकेट खेलेको बताए । फरक(फरक कन्डिसनमा लगातार क्रिकेट खेलेको उनको भनाइ छ । यी सबै तयारी हेर्दा क्यानले खेलाडीलाई सबैथोक दिएको उनले बताए । पूर्वकप्तानसमेत रहेका खड्काले नेपाली टिमबाट समर्थकले धेरै नै अपेक्षा गर्ने गरेको बताए । सामाजिक सञ्जालको माहौल नेपालले विश्वकप नै जित्नुपर्छ भन्ने खालको पनि रहेको पनि उनले बताए ।

नेपालको साधनस्रोतभन्दा बढी अपेक्षा गर्न नहुने उनको तर्क छ । अधिकांश टोलीले अमेरिका र वेस्ट इण्डिजमा नै बेस बनाएर तयारी गरिरहेको उनले बताए । खेलाडीमाथि धेरै दबाब सिर्जना गर्न नहुने र अहिले विश्वकप खेलेको सेलिब्रेसन गर्ने अवस्था रहेको क्यानका सचिव पारसको बुझाइ छ । हाल नेपाली टोली वेस्ट इण्डिजमा अभ्यास सकेर अमेरिका पुगिसकेको छ । विश्वकप अगाडि नेपालले अमेरिकामा अभ्यास खेल पनि खेल्नेछ । न्युज एजेन्सी नेपाल

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार