बैतडीमा बालश्रम शोषण भएको भन्दै निवेदन, वडा कार्यालयले निवेदन नबुझेको आरोप


बैतडी : बैतडीको सुर्नया गाउँपालिका वडा नं ६ मा ४ बर्ष अघि निर्माण गरिएको ठूलापातल –कुनेटा–टकौरी खानेपानी योजनामा बालश्रम शोषण गरिएको भन्दै महारुद्र सिर्जनशील युवा समाज सुर्नया ६ ले वडा कार्यालयको ध्यानाकर्षण गराएको छ ।

सो योजनामा काम गराएका बालबालिकाहरुलाई पारिश्रमिक नदिएको, बालश्रम शोषण गरिएकाले यसको छानबीन हुनुपर्ने आफूहरुको माग रहेको महारुद्र सिर्जनशील युवा समाजका सुर्नया ६ का अध्यक्ष सन्तोष अवस्थीले बताउनुभयो ।

Dengue

बालबालिकाहरुका समस्या समाधान गर्नुपर्ने माग राखेको निवेदन वडा कार्यालय दर्ता नगरेको अवस्थीले बताउनुभयो । निवेदकहरुको नाम समेत वडा कार्यालयका कर्मचारीले काटेको अवस्थीले आरोप लगाउनुभयो । निवेदन दर्ताका लागि वडा अध्यक्ष जयबहादुर कुँवरलाई सम्पर्क गर्दा आफू बाहिर रहेको र यो कुरा पहिला नै आउनुपर्ने भनेको अवस्थीले बताउनुभयो ।

ठूलापातल –कुनेटा–टकौरी खानेपानी योजनामा काम गरेका मजदुरहरुले पैसा नपाएको भन्दै विभिन्न मिडियामा आफ्नो माग राखेका छन् । आफूहरुको माग पूरा नभए थप आन्दोलनका कार्यक्रम गर्ने महारुद्र सिर्जनशील युवा समाजका अध्यक्ष हरिश टेरले बताउनुभयो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार