‘फर्की फर्की’ले प्रिमियरमा कस्तो पायो प्रतिक्रिया ?

काठमाडौं : चलचित्र ‘फर्की फर्की’ आजबाट रिलिज भएको छ । रलिज अगाडि बुधबार काठमाडौंमा यो चलचित्रको प्रिमियर गरिएको छ । अनमोल केसी र जसिता गुरुङ स्टारर चलचित्रको प्रिमियरमा कलाकार, पत्रकार तथा लब्धप्रतिष्ठित व्यक्तिको बाक्लो उपस्थिति थियो । 

प्रिमियरपछि अभिनेता हरिवंश आचार्यले नेपालमा कोरियन प्याटर्नको चलचित्र बनेको महसुस भएको बताए । चलचित्र प्राविधिक रूपमा राम्रो बनेको उनको भनाइ छ । 

Dengue

निर्देशक सुयोग गुरुङ, नायक अनमोल केसी, नायिका जसिता गुरुङको काम आफूलाई मन परेको उनले बताए । 

अभिनेता तथा निर्माता हरिहर अधिकारी, निर्मात्री तथा अभिनेत्री निता ढुंगाना, अभिनेता वीरेन श्रेष्ठ, अभिनेत्री सुरक्षा पन्तले चलचित्रको तारिफ गरेका थिए । 

निर्देशक वसन्त निरौला, निर्माता सुनीलकुमार थापा, निर्देशक झरना थापा, अभिनेता सलोन बस्नेत, सलिनमान बनियाँले चलचित्र राम्रो बनेको बताए । 

चलचित्र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, निर्देशक दीपाश्री निरौला, निर्माता तथा अभिनेता दीपकराज गिरीलगायतले प्रिमियरमा चलचित्र हेरेका थिए । रोहित अधिकारीको निर्माण रहेको चलचित्र आजबाट प्रदर्शनमा आएको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार