के तपाईंको बारम्बार मोबाइल तातिरहेको छ ?

काठमाडौँ : गर्मी महिनामा फोन तात्ने समस्या अलि बढी नै हुन्छ । तपाईंको फोन पनि बारम्बार तातिरहने समस्या आइरहेको छ कि ? फोन तातेको छ भने सबै एपहरूलाई बन्द गरेर फोन तत्कालै अफ गर्नुस् । यस्तो गर्दा फोनमा थप दबाब पर्दैन ।

बिस्तारै सेलाउँदै जान्छ । घाममा फोनको प्रयोग गर्नु हुन्न । फोनलाई बाहिरी तातोबाट सकेसम्म टाढा राख्नु पर्छ । यसो गर्दा फोन तात्न थाल्छ । फोन केस वा कभरका कारण फोनको तातो बाहिर निस्किन पाउँदै र फोन झनै तातिन थाल्छ । कहिलेकाहीँ ब्याट्रीमा देखिने समस्याका कारण पनि फोन तातिएको हुन सक्छ ।

Dengue

फोन डेटा वा वाईफाईमा चलिरहेको छ भने नेटवर्क बन्द गरेर हेर्नुस् । कहिलेकाहीँ यत्ति गर्दै पनि फोन चिसो हुन थाल्छ । लगातार नेटवर्क सर्च गर्दा पनि फोन तातिन्छ । कहिलेकाहीँ चाँहि फोन अपडेट नगर्दा पनि तात्न थाल्छ । फोनमा केही अपडेट आइसकेको छ भने त्यसलाई इन्ष्टल गरिहाल्नुस् । फोन तात्ने समस्या जे गर्दा पनि कम भएन भने फ्याक्ट्री रिसेट गर्नुस् । तर फ्याक्ट्री रिसेट गर्नु अघि डेटा ब्याकअप राख्नुस् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार