गर्मीमा खरभुजा स्वास्थ्यको लागि फाइदै फाइदा

काठमाडौं : गर्मीमा खरभुजा खान धेरै मानिसहरु रुचाउँछन्। खरभुजा  स्वादिलो र पौष्टिक तत्व भरपुर भएको फल हो। खरभुजा स्वास्थ्यका लागि निकै लाभदायक फल हो। गर्मी मौसममा मानिसले खरभुजा खान निकै रुचाउँछन्।यसको सेवनले शितलता प्रदान गर्नुका साथै क्याल्सियम , मिनरल्स तथा प्रोटिनको बलियो स्रोत यसलाई मानिन्छ। 

उच्च रक्तचापको समस्या भएका मानिसले खरभुजाको सेवन गर्नुपर्छ। फ्लोरिडा स्टेट युनिभर्सिटीका शोधकर्ताले मोटा मानिसमा उच्च रक्तचापको जोखिम हुने भएकाले खरभुजाको सेवन लाभदायिक हुने निश्कर्ष निकालेका थिए।

Dengue

खरभुजाले तौल घटाउन पनि सहयोग गर्छ। यसमा सिट्रलिन नामक तत्व पाइन्छ। जसले तौल घटाउन मद्दत गर्छ। केहि वर्ष पहिले गरिएको अध्ययनले यो तत्वले शरीरमा बोसो जम्नबाट बचाउँछ।

खरभुजा खाँदा पेट भरिएझै लाग्छ। जसले गर्दा हामी कम खाना खान्छौं। र, मोटोपन हुनबाट जोगिन्छौं।

खरभुजामा करिव ९० प्रतिशत पानी हुन्छ। त्यसैले यसले शरीमा तरल पदार्थको कमी हुन दिँदैन। २००९ मा एबरडिन मेडिकल स्कुल युनिभर्सिटीमा गरिएको अध्ययनले खरभुजामा रहेको पानीले शरीरलाई निकै फाइदा गर्ने देखाएको थियो।

खरभुजामा पोटाशियम भरपुर मात्रामा पाइन्छ। यसले मुटुमा फाइदा पुगाउँछ। केन्टकी युनिभर्सिटीले गरेको अध्ययनले खरभुजाको सेवनले मुटुमा फाइदा गर्ने देखाएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार