कैलाली : कैलालीको गौरीगंगा नगरपालिकामा छोराले चक्कु प्रहार गर्दा बुवा सिकिस्त भएका छन् ।छोराको चक्कु प्रहारबाट खड्ग चौधरी गम्भिर घाइते भएका छन् । जेष्ठ ७ गते राती १५ बर्षका छोरा समिर चौधरीले साथीसँग मिलेर बुवालाई चक्कु, ढङ्गा र लठ्ठीले हानेर घाइते बनाएका हुन् ।
घाइते खड्ग चौधरीको धनगढीको नवजीवन अस्पतालमा उपचार भैरहेको छ । आमा (गीता चौधरी) लाई अर्कै पुरुषसँग लागेको थाहा पाए पछि बुवाले यही महिनाको ३ गते सम्बन्धविच्छेद गरेका थिए। त्यसैकारणले छोरा आवेगमा आएर बुवालाई चक्कु प्रहार गरेको हुन सक्ने पारिवारीक स्रोत बताएको छ ।
प्रतिक्रिया दिनुहोस्