बैतडीमा अन्तरपालिका स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता सम्पन्न

बैतडी : ३१औँ मदन आश्रीत स्मृती दिवसको अवसरमा बैतडीको देहिमाण्डौँमा नेपाल खेलकुद महासङ्घ बैतडी जिल्ला कमिटीद्वारा आयोजना गरिएको अन्तरपालिका स्तरीय खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको हो।

महिलातर्फको उपाधि शिवनाथ गाउँपालिकाले हात पारेको छ भने दोस्रो स्थानमा मेलौली नगरपालिकाले चित्त। यस्तै पुरुषतर्फ प्रथम स्थान दशरथ चन्द नगरपालिका भएको छ भने दोस्रो स्थान मेलौली नगरपालिका भएको हो।

Dengue

विजेता टिमहरूले समान पुरस्कार रु ७७ हजार ७७७ छन् भने उपविजेता टिमहरुले समान रू ५५हजार ५५५ प्राप्त गरे।
यस्तै पुरूषतर्फ सिगास तेस्रो र सुर्नया गाउँपालिकाले सान्त्वना स्थान प्राप्त गरेका छन् ।महिलातर्फ दशरथचन्द “ए” को टिम तृतीय र पुर्चौडीको टीम सान्त्वना भएको भलिबल प्रशिक्षक हरी भण्डारीले बताए । तेस्रो हुनेले रु ४४ हजार ४४४ र सान्त्वना हुनेले रु ३३ हजार ३३३ पुरूस्कार पायो ।

प्रतियोगिता जेठ ३ गतेदेखि ८ गतेसम्म चलेको थियो। प्रतियोगिताको जेठ ३ गते नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री माननीय दामोदर भण्डारीले उद्घटान गरेका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार