चिनीले कसरी हाम्रो शरीरभित्र विध्वंस मच्चाउँछ ?

काठमाडौं : चिनीको अत्यधिक उपभोगले शरीरभित्रको कार्यलाई गडबडी गर्नुका साथै अन्य धेरै प्रकारका परिणामहरू उत्पन्न गर्दछ । यसले शरीरको कुनै विशेष अंगलाई होइन, रगतको रसायन मै परिवर्तन ल्याउँछ र समस्याहरू उब्जाउँछ । 

मुटुको समस्या पनि चिनीसँग सम्बन्धित धेरै रोगहरूमध्ये एक हो । यसले प्रत्यक्ष रोग गराउने होइन । तर यसले रगतमा हुने प्लेटलेट (Platelets) नामक तत्वलाई लस्सादार बनाउँछ । प्लेटलेट भनेको त्यो तत्व हो जसले शरीरमा रगत जम्न सहयोग गर्दछ । एक त यसको काम नै रगत जमाउने त्यसमाथि यो च्यापच्यापेदार हुँदा यसले आन्तरिक रूपमा रगत जम्ने जोखिमलाई बढाउँछ । फलस्वरूप हृदयघात (Heart Attack) वा मष्तिष्कघात ( Stroke) हुनसक्छ।

Dengue

मुटुको समस्या कलेजोले चिनी प्रशोधन गर्दा उत्पादन हुने ट्राइग्लाइसराइड्स् नामक रगतमा हुने बोसोको कारणले पनि अप्रत्यक्ष रूपमा हुनसक्छ । रगतमा ट्राइग्लाइसराइड्स् नामक बोसो अत्यधिक हुँदा पनि मुटुका रोगहरूको जोखिम बढाउँछ । अधिक मात्रामा चिनी खानाले शरीरका भित्री अंगहरूले बढी काम गर्नुपर्ने पनि हुन्छ  हामीले क्षण क्षणमा धेरै चिनी खाइरह्यौं भने प्याङ्क्रियाज (Pancreas) नामक ग्रन्थीले बढि काम गनुपर्ने हुन्छ र यसमाथी बढि दबाब पर्दछ ।

चिनी, अस्वस्थता र रोगहरू

पोषणविद् तथा वैज्ञानिक प्रोफेसर जोन युड्किनले चिनीलाई स्वच्छ, सेतो र घातक पदार्थ हो भनेका छन् । चिनीले शरीरका आन्तरिक अंगहरूलाई बढी काम गराउँछ र स्वास्थ्य बिगार गर्दछ । अन्ततः यसले रोगहरूको विजारोपण गर्छ । चिनी धेरै स्वास्थ्य समस्याहरूको जडकारण हो । हालका अनुसन्धानले चिनीले दाँतमा किरा लाग्ने देखि क्यान्सर सम्मका रोगहरू लगाने गरेको देखाएको छ । 

चिनीजन्य रोगहरू

  • योनीमा ढुसी संक्रमण
  • मुटुसम्बन्धी रोगहरू
  • मधुमेह
  • डण्डिफोर
  • क्यान्सर
  • प्रतिरोध क्षमता प्रणालीलाई कमजोर बनाउने
  • दाँतमा किराले खाने समस्या,
  • जोर्नीको समस्याहरू,
  • पित्त थैलीको पत्थरी,
  • बुढ्यौली,
  • मोटोपना,
  • ओस्टोपोरोसिस 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार