म्याद थपका लागि सिरोहियालाई आज अदालत पेश गरिदै,यस्ता छन् ६ आधार र कारण

काठमाडौं : नागरिकता किर्ते गरेको आरोपमा पक्राउ परेका कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियालाई म्याद थपका लागि आज जिल्ला अदालत धनुषामा उपस्थित गराइने भएको छ । सिरोहियालाई बिहान १० बजे अदालतमा लगिने धनुषा प्रहरीले जनाएको छ ।

अदालतबाट म्याद थपेसँगै उनीमाथि थप अनुसन्धान सुरु हुने मधेस प्रदेशका प्रहरी प्रमुख डीआइजी यज्ञविनोद पोख्रेलले जानकारी दिए ।

Dengue

उनलाई हिजो काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पब्लिकेसन्सको कार्यालयबाटै नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालय धनुषामा दर्ता भएको जाहेरीमा सिरोहियाले दुईवटा फरक नम्बरको नागरिकता प्रयोग गरेको जिकिर गरिएको छ ।

सिरोहियाले लिएको मध्येको एउटा नागरिकताको नम्बर अर्को व्यक्तिको नागरिकता नम्बरसँग म्याच भएको उजुरकर्ताले दाबी गरेका छन् । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा गत वैशाख १७ गते जाहेरी दर्ता भएको थियो ।

सिरोहिया पक्राउविरुद्ध सर्वत्र विरोध र आलोचना भइरहदा धनुषा प्रहरीले नागरिकता किर्ते गरेको आरोपमा पक्राउ गर्नु परेको प्रष्टिकरण दिएको छ ।

धनुषा प्रहरीले सिरोहिया पक्राउ गर्नुका ६ वटा आधार सार्वजनिक गरेको छ । अनुसन्धान अधिकृत प्रहरी निरीक्षक नवराज खड्काले जारी गरेको विज्ञप्तिमा सिरोहियाका नागरिकतामा देखिएका कैफियतपूर्ण तथ्यहरू उल्लेख गरिएका छन् ।

प्रहरीले दिएका आधार यस्ता छन्

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार