रबिलाई गगनको काउन्टर : सिरोहियाको गिरफ्तारी आफ्ना अपराध ढाकछोप गर्ने तरिका

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री तथा माननीय गगन थापा ले आफ्नो फेसबुकमा स्टाटस लेख्दै रबि लामिछाने माथि आक्रोश पोखेका छन् ।नेपाली कांग्रेसका महानमन्त्री गगन थापाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारी प्रतिशोधपूर्ण रहेको बताएका छन् ।

गृहमन्त्री रवि लामिछानेको नाम नलिइकन महामन्त्री थापाले सहकारी ठगी प्रकरणमा आफूमाथि उठेका प्रश्नलाई विषयान्तर गर्न खोजेको आरोप लगाएका छन्। उनले आफ्नो सामाजिक संञ्जालमा स्टाटस लेख्दै आक्रोस व्यक्त गरेका हुन् ।

Dengue

उनी लेख्छन् प्रष्ट छु, ‘कानूनभन्दा माथि कोही छैन र हुदैन । गल्ति गरेको छ भने जुनसुकै तहको जो सुकै होस्, जतिसुकै शक्तिशाली होस् सजायको भागिदार हुनुपर्छ । म यसमा पनि प्रष्ट छु, आज कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई कानून विपरितको काम गरेको भनेर पक्राउ गरेको भनिए पनि यो वदनियतपूर्ण ढङ्गले प्रतिशोध पुरा गर्न गरिएको बहाना मात्र हो । मुख्य कुरा, यो राज्य सत्ताको पहुँचको दुरुपयोग गर्दै आफूमाथि प्रश्न गर्नेहरूलाई रोक्न, विषयान्तर गर्न र आफ्नो अपराध ढाकछोप गर्न गरेको दुस्प्रयास हो। आफुमाथिका प्रश्न रोक्न यस्ता असफल प्रयास हिजो निरङ्कुशकालमा र सत्ता शक्तिको उन्मादमा धेरै पटक भएका हुन, हेक्का रहोस्।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार