नागरिकताको विषयमा नभएर सहकारी प्रकरणमा लेखिएको समाचारको बदला हो : कैलाश सिरोहिया

काठमाडौं : कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले आफूलाई नागरिकताको विषयमा नभएर सहकारीको बचत अपचलन प्रकरणमा लेखिएको समाचारको बदला लिइएको पनि बताए ।

कार्यकक्षबाट पक्राउ गरिएपछि उनले गृहमन्त्री लामिछानेको दुईवटा पासपोर्ट रहेको बताए । “गृहमन्त्रीसँग त दुईवटा पासपोर्ट छ । नवअधिनायकवाद देखिएको छ । कार्यकक्षबाट गिरफ्तार गरिएको छ । अन्तिमसम्म लड्छु,” उनले भने । 

Dengue

सिरोहियालाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।सिरोहियाले गृहमन्त्री रवि लामिछानेमा नवअधिनायकवाद देखिएको टिप्पणी गरेका छन् । 

उनले गृहमन्त्रीलाई दुईवटा पासपोर्टको विषयमा भोलि नै पक्राउ पूर्जी जारी हुने विश्वास पनि व्यक्त गरे । आफूले छानबिनलाई सघाउनेभन्दा पनि पक्राउ गरिएको बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार