रवि लामिछानेको बैंकमा १ लाख १० हजार, अधिकांश सम्पत्ति श्रीमतीको नाममा

काठमाडौं :  उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको बैंकमा जम्मा १ लाख १० हजार रकम रहेको सार्वजनिक भएको छ।

सरकारले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्दै लामिछानेले आफ्नो नाममा भक्तपुरमा एक रोपनी एक आना जग्गा रहेको र उक्त जग्गा पैतृक रहेको उल्लेख  गरेका छन्।

Dengue

उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा अधिकांश सम्पत्तिमा श्रीमती निकिता पौडेलको नाममा रहेको छ।

गत जेठ ३ गते बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो।

उक्त निर्णयलाई कार्यान्वयन गर्दै  रास्वपाका सभापतिसमेत रहेका लामिछानेको पनि सम्पत्ति विवरण सार्वजनिक भएको हो।

उनले पत्नी निकिताको नाममा काठमाडौं महानगरपालिका वडा नम्बर ७ मा १० रोपनी (सगोलमा) जग्गा रहेको उल्लेख गरेका छन्।

यस्तै, बूढानीलकण्ठ वडा नम्बर ८ मा ५ आना जग्गा रहेको उल्लेख छ। उक्त जग्गा तीन करोड ७५ लाख रुपैयाँमा खरिद गरिएको उल्लेख छ। पारिश्रमिकबाट यो जग्गा किनेको विवरणमा उल्लेख छ।

गृहमन्त्री लामिछानेले करिब ८० तोला सुन रहेको र उक्त सुन पैतृक सम्पत्ति र केही पत्नीसँग मिलेर किनेको उनले उल्लेख गरेका छन्। चाँदीका भाडाकुँडा १५ देखि २० केजीसम्म रहेको उल्लेख गरिएको छ।

सम्पत्ति विवरणमा ८ करोड ७५ लाख बराबरको गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्समा २५ प्रतिशत शेयर रहेको छ। चार वर्ष पहिले घर किन्न एक करोड ५० लाख बैंकबाट कर्जा लिएको पनि सार्वजनिक भएको सम्पत्ति विवरणमा उल्लेख छ।

निकिताको नाममा ४२ लाख रुपैयाँको इलेक्ट्रिक कार रहे पनि दुवैको आम्दानीले किनेको उल्लेख छ। निकिताकै नाममा तीन करोड रुपैयाँको नारी टिभी, एक करोडको गोपीकृष्ण कामाक्ष्य मिडिया कम्पनी रहेको पनि सार्वजनिक भएको सम्पत्ति विवरणमा उल्लेख छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार