सिआइबीको टोलि टिकापुरमा पुग्यो : जग्गा हिनामिनाको अनुसन्धान गर्ने 

 धनगढी : केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी) को टोली जग्गा हिनामिनाको अनुसन्धान गर्न टीकापुर पुगेको छ। टीकापुरको सार्वजनिक जग्गा हिनामिना गर्न तत्कालिन नगरविकास समितिका अध्यक्षहरु नै संलग्न भएपछि सिआइबीले यसको विस्तृत अध्ययन गर्न लागेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टीकापुर नगरविकास समितिको सार्वजनिक जग्गा हिनामिनामा संलग्न दुई सय ४९ जना विरुद्ध भ्रष्टाचारको मुद्दा विशेष अदालतमा दायर गरेको छ। टीकापुर जग्गा हिनामिनाको विविध पाटोबारे विस्तृत अनुसन्धान गर्न फिल्डमै टोली खटाइएको सिआइबीका निर्देशक एआइजी श्यामलाल ज्ञवालीले बताए। गत माघ २५ गते अख्तियारले टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष तथा पदाधिकारी, कर्मचारी र जग्गाधनी गरी दुई सय ४९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

Seti Hospital

टीकापुर नगरपालिका–१ टीकापुर नगर विकास समितिको नाममा नक्कली कागजातहरू खडा गरी समितिको जग्गा व्यक्तिको नाममा हक हस्तान्तरण गरिएको अख्तियारले दायर गरेको भ्रष्टाचार मुद्दाको अभियोगमा उल्लेख छ। टीकापुर विकास समितिको नाममा अभिलेख रहेका सक्कल कागजातजस्तै गरी पुरानो मितिका नक्कली घडेरी प्रमाणितपत्र, रकम बुझाएको रसिदलगायतका किर्ते गरी जग्गा हिनामिना भएको थियो।


यसमा तीन सयभन्दा धेरै व्यक्तिमाथि अनुसन्धान गर्नुपर्ने देखिएको सिआइबीले जनाएको छ। अख्तियारले नगर विकास समितिका पूर्वअध्यक्षहरू नेत्रप्रसाद जोशी, ललित ताम्राकार र धीजराज रेग्मीविरुद्ध मुद्दा दायर गरेको छ। मालपोत कार्यालय टीकापुरका तत्कालीन मालपोत अधिकृत जयबहादुर विष्ट, नापी कार्यालय टीकापुरका तत्कालीन नापी अधिकृतद्वय मानबहादुर चन्द र गणेशबहादुर बमलाई पनि प्रतिवादी कायम गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार