नीति तथा कार्यक्रम टेबुल, कांग्रेसको नाराबाजीबीच राष्ट्रपतिलाई धन्यवाद

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा टेबुल गरेका छन्। 

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख विपक्षी नेपाली कांग्रेसको नाराबाजी र वेल घेराउबीच नीति तथा कार्यक्रम टेबुल गरेका हुन्। 

Dengue

सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते संघीय संसदको संयुक्त बैठकमा पेश गरेका थिए।

नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद दिने प्रस्ताव पनि होहल्लाकै बीच पारित भएको घोषणा गरिएको छ। 

सभामुखले वेल घेराउ गरिरहेका कांग्रेस सांसदहरूलाई राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पेश गर्न लागेको भन्दै पटक पटक आफ्नो आसन ग्रहण गर्न आग्रह गरेका थिए। तर उनीहरू नाराबाजीमै रहेका बेला सभामुखले धन्यवाद प्रस्ताव निर्णयार्थ पेश गर्दै सर्वसम्मत पारित भएको घोषणा गरेका हुन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार