काठमाडौं : काठमाडौँको कागेश्वरी मनहरा मा मृत भेटिएका पुरुषको पहिचान खुलेको छ । मंगलबार बिहान कागेश्वरी मनहरा नगरपालिका-५, सानोथलीमा मृत भेटिएका पुरुषको पहिचान खुलेको हो ।
थली प्रहरीका अनुसार उनी भक्तपुर-७, छालिङका ५२ वर्षीय कृष्ण नगरकोटी भएको खुलेको छ । शवको साथमा भेटिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)का आधारमा उनको परिचय पत्ता लागेको प्रहरीको भनाई छ ।
यद्यपि मृतकका आफन्तचाहिँ आइसकेका छैनन् । शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिँदै छ ।
प्रतिक्रिया दिनुहोस्