गृहमन्त्री लामिछानेकै नाम किटान गरेर कार्यादेश समिति बनाउन तयार, रबिले दिए निर्देशन

काठमाडाैँ : सहकारी छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलका सदस्य रास्वपाका सांसद शिशिर खनालले गृहमन्त्री रवि लामिछानेको नाम राखेर कार्यादेश बनाउन सहमत भएको बताए ।

बैठक बस्नु अघि सञ्चारकर्मीसँग रास्वपा सांसद खनालले कार्यदलमा रास्वपाकै कारण सहमति हुन नसके कार्यदलमै नबस्ने र  रवि लामिछानेकै नाम किटान गरेर कार्यादेश बनाउन सभापति लामिछानेले सन्देश पठाएको बताए । कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको नेतृत्वमा गठित कार्यदलको मंगलबारको बैठकमा गृहमन्त्री रवि लामिछानेको नाम नराखी कार्यादेश बनाउने सहमति नजिक पुगेको थियो । पछि कांग्रेसले असहमति जनाएपछि कार्यादेश  बनाउने सहमति भँडिएको थियो ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार