फाइनल प्रवेशका लागि आज कोलकाता र हैदरावाद भिड्दै

काठमाडौं :   १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा प्लेअफ चरणको पहिलो क्वालिफायर खेल आज हुँदैछ। 

पहिलो क्वालिफायर आज राति पौने ८  बजे कोलकाता नाइट राइडर र सनराइजर्स हैदराबादबीच अहमदाबाद स्थित नरेन्द्र मोदी स्टेडियममा हुनेछ।  

Dengue

आजको विजेताले २६ मे मा हुने फाइनलमा स्थान बनाउँदा पराजित हुने टोलीले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्ने मौका पाउने छ।

पराजित टोलीले २४ मे मा हुने दोस्रो क्वालिफायर खेल्न पाउनेछ। दोस्रो क्वालिफायरमा इलिमिनेटर खेलको विजेतासँग पहिलो क्वालिफायर टोलीको प्रतिस्पर्धा हुनेछ।

कोलकता अहिलेसम्म १३ पटक आईपीएलको प्लेअफमा पुगेको छ। ८ पटक जितेको टोलीले ५ खेलमा हार बेहोरेको छ। तर, क्वालिफायर–१ मा कोलकाताले कहिल्यै हार बेहोरेका छैन। 

प्रतियोगिता अन्तरगत बुधबार रोयल च्यालेन्जर्स बैंग्लोर र राजस्थान रोयल्सबीच  प्ले अफ चरणको दोस्रो खेल इलिमिनेटर खेल हुनेछ। ​ इलिमिनेटरको विजेताले २४ मे मा चेन्नइमा हुने दोस्रो क्वालिफायरमा स्थान बनाउँदा पराजित टोली प्रतियोगिताबाट बाहिरिनेछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार