नेताहरूको कुर्सी मोहका कारण मुलुक कमजोर बन्यो : विप्लव

सुरज चन्द

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले मुलुक अहिले कमजोर भएको टिप्पणी गरेका छन्।

उनले पद र कुर्सीका लागि नेताहरु राष्ट्रिय हितमा अडिन नसक्दा मुलुक एकदमै कमजोर अवस्था पुगेको बताए। 

सोमवार बेपत्ता योद्धा समाज परिवार, नेपालले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव विप्लवले नेताहरू पदीय लोभमा फस्दा शान्ति प्रक्रियाका बाँकी कामहरू पनि ओझेल परेको दावी गरे। 

उनले नेपालको संविधान विगतका सबै संविधानहरुभन्दा उत्कृष्ट भए पनि त्यसको कार्यान्वयनमा लाग्ने काममा नेताहरू पछि परेको बताए।

महासचिव चन्दले बेपत्ता योद्धाहरूलाई राष्ट्रिय सम्मान गर्ने गरी राज्यले स्वामित्व लिने कुरामा ढिलाई गर्न नहुने पनि बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार