रवि माथि अनुसन्धान गर्न छानबिन समिति गठन गर्नुस् , राति १२, १ बजेसम्म सदन चलाउनुस्, हामी तयार छौं ।’ : कांग्रेस

काठमाडौं :कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत लिन सदनमा आउनुअघि सहकारीबारे संसदीय छानबिन समिति गठन गर्न आग्रह गरेको छ । ‘संसदीय समिति बनाउनुस्, रवि लामिछानेमाथि अनुसन्धानको सुनिश्चितता गर्नुस्, समिति बनाएर सदनमा आउनुस्,’ प्रमुख सचेतक लेखकले भने, ‘विश्वासको मत मात्रै होइन, सरकारका जति पनि कार्यसूची छन् राति १२, १ बजेसम्म सदन चलाउनुस्, हामी तयार छौं ।’

कांग्रेसले आइतबार संसदमा सम्बोधनका क्रममा महामन्त्री गगन थापासहितका नेताहरूमाथि लगाएको आरोप प्रमाणित गरेर देखाउन चुनौती दिएको हो ।

Dengue

कांग्रेस संसदीय दलको बैठकले लामिछानेलाई आरोप प्रमाणित गरेर देखाउन चुनौती दिँदै त्यसका लागि सरकारले निष्पक्ष छानबिन वा अनुसन्धान जे गर्ने भएपनि पार्टी तयार रहेको बैठकपछि प्रमुख सचेतक रमेश लेखकले बताए । लामिछानेले प्रतिनिधिसभामा उठाएका विषयहरु असत्य, असभ्य, भ्रामक, र हिंस्रक भएको बैठकले ठहर गरेको उनको भनाई छ ।

गृहमन्त्रीबाट अरूलाई आरोप लगाएर आफू अभियोगबाट भाग्ने काम भएको उनले बताए । ‘उपप्रधानमन्त्री र गृहमन्त्रीजस्तो जिम्मेवार पदमा बसेकाले अरूलाई प्रश्न उठाउने होइन । आफ्नोबारे जवाफ दिने हो । अरूलाई आरोप लगाएर उहाँले आफू अभियोगबाट भाग्ने काम गर्नुभएको छ,’ उनले अगाडि भने, ‘उहाँको अभिव्यक्तिको कांग्रेसले धोर निन्दा र भर्त्सना गरेको छ । यसका बारेमा प्रधानमन्त्रीको पनिगम्भीर ध्यानाकर्षण गराएका छौँ ।’

प्रधानमन्त्रीले प्रतिनिधि सभाको सोमबारको बैठकमा विश्वास मत लिने तयारी गरेका छन् । संसदीय समिति गठन नगरे कांग्रेसले सदनमा अवरोध गर्ने संकेत गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार