धनगढी : आइतबार तोलाको १ लाख ४० हजार ९ सय रूपैयाँ कायम भएर रेकर्ड बनाएको छापावाल सुनको मूल्यले सोमबार फेरि रेकर्ड बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अुनसार आज छापावाल सुनको मूल्य तोलामा ९ सय रूपैयाँले बढेर तोलाको १ लाख ४१ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
तेजाबी सुनको मूल्य तोलाको १ लाख ४१ हजार १ सय रूपैयाँ कायम भएको छ ।
यस्तै, सोमबार चाँदीको मूल्य तोलामा ३० रूपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ४० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्