काठमाडौं : नेपाली कांग्रेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने भएको छ।
सोमबार संघीय संसद भवनको ल्होत्से हलमा बसेको कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने आफ्ना सांसदहरूलाई ह्वीप जारी गर्ने निर्णय गरेको हो।
यस्तै, संघीय संसदका दुवै सदनको अवरोध कायमै राख्ने निर्णयपनि गरेको छ।सहकारी प्रकरणमा संसदीय छानबिन समितिको कार्यदलमा सहमती नभएसम्म संघीय संसदका दुवै सदनको अवरोध कायमै राख्ने निर्णय गरेको हो।
प्रतिक्रिया दिनुहोस्