आज केही भू-भागमा बर्षा

काठमाण्डौ : आज पहाड र तराईका केही ठाउँमा वर्षा भइरहेको छ । कोशी प्रदेशका मध्यपहाडी र तराईका धेरैजसो ठाउँमा बिहानैदेखि पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकासहित बाग्मती प्रदेशका केही ठाउँमा पनि पानी परिरहेको छ ।

काठमाण्डौ उपत्यकाको आकाशमा बिहानैदेखि कालो बादल लागेको छ । केही ठाउँमा हावाहुरी पनि चलेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भूभागका थोरै ठाउँहरुमा तथा तराई भूभागका एक दुई ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।

Dengue

कोशी, मधेश र गण्डकी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । पानी परेको ठाउँमा गर्मी घटेर शीतल भएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार